arrow

पचास माइल उडेर फर्कियो श्री एयरलाइन्सको जहाज 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
Shree-Airlines-Bombardier-3.jpg
तस्बिर – फाइल ।

काठमाडौं । काठमाडौंंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि केही समयमै काठमाडौं फर्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौ–धनगढी उडानको ड्यास आठ (–८) जहाज विमानस्थलबाट उडेर ५० माइल पुगेपछि जहाजको ‘प्रेसराइजेसन सिस्टम’ बिग्रिएको सङ्केत विमानचालकले पाएपछि जहाज काठमाडौं फर्काएर सकुशल अवतरण गरिएको थियो । जहाजमा ७२ जना यात्रु सवार थिए ।

प्रवक्ता सिटौलाले भने, “बिहान धनगढी उडेको जहाज, प्रेसराइजेनस (जहाज हाइ अल्टिच्युटमा जाँदा अक्सिजन तह सन्तुलन गर्ने प्रणाली) मा समस्या देखिएपछि जहाज ५० माइल उडेपछि पुनः काठमाडौं फर्काइएको थियो, उक्त जहाजका यात्रुलाई विहान १०ः३० बजे अर्के जहाजको उडानबाट गन्तव्य लगिएको छ ।”

काठमाडौं विमानस्थलबाट विहान ८ः३० बजे धनगढीका लागि उडान भरेको जहाजमा प्रेसराइजेसन सिस्टमले काम नगरेपछि बिचबाटोबाटै फर्काइएको विमानस्थले जनाएको छ । उक्त जहाजका यात्रुलाई वैकल्पिक व्यवस्था गरेर गन्तव्य पुर्‍याइएको पनि थियो । 

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जहाजमा केही प्राविधिक मर्मतपछि सञ्चालनमा आइसकेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ