arrow

भारतको ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’ काठमाडौंमा सम्पन्न  [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
bhagyashree-ranjit-bollywood.jpg

काठमाडौं । भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’ सम्पन्न भएको छ । अवार्डको छैटौँ संस्करण काठमाडौँमा धुमधामले सम्पन्न भएको हो । 

वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार शम्भुजित बास्कोटा, गायिका देविका बन्दना, क्रिकेटर पारस खड्का, निर्देशक आकाश अधिकारी, नेपाली पात्रोका प्रमुख कार्यकारी निर्देशक सन्तोषकुमार देवकोटा, मनोरञ्जन पत्रकार डब्बु क्षेत्री, रजतपटका प्रस्तोता तथा चलचित्र पत्रकार प्रकाश सुवेदी लगायतका नेपाली खेलाडी, कलाकर्मी, सञ्चारकर्मीहरुलाई विशिष्ठ सम्मान प्रदान गरिएको छ ।

नेपाली कांग्रेसका सांसद तथा प्रतिष्ठित उद्योगपति विनोद चौधरी मुख्य अतिथी रहेको ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ मा बलिउडका सदाबहार कलाकार तथा चर्चित खलपात्र रञ्जित, ९० को दशकको चर्चित सिनेमा ‘मैने प्यार किया’ स्टार अभिनेत्री भाग्यश्री, दाह्रा सिंहका पुत्र विन्दु दाह्रा सिंह, कमेडियन भीआईपी कार्यक्रमका मुख्य आकर्षण थिए ।

अवार्ड समारोहमा वरिष्ठ हास्य अभिनेत्री वसुन्धरा भुसाल, सांसद विनोद चौधरी, अभिनेता तथा निर्देशक आकाश अधिकारी, भाग्यश्री, विन्दु दाह्रा सिंह, कमेडियन भिआइपी लगायतले अवार्ड तथा सम्मान प्रदान गरे ।
   
कार्यक्रममा कृष्ण भुसाल, तुलसी गिरी, कृष्ण भट्टराई, कुबेर गिरी, गीता अधिकारी, उत्सव रसाइली, सुरक्षा भट्टराईलाई पत्रकारिता मार्फत् मनोरञ्जन क्षेत्रमा निरन्तर सेवाका लागि सम्मान गरिएको छ ।

चलचित्र तर्फको विधामा भने अभिनेत्री प्रियंका कार्कीलाई उत्कृष्ट अभिनेत्री, धिरज मगर उत्कृष्ट अभिनेता, मिलन चाम्स उत्कृष्ट निर्देशक, श्रद्धा क्षेत्री उत्कृष्ट डेब्यु अभिनेत्री, अरुण क्षेत्री उत्कृष्ट डेब्यु अभिनेता, बिजय बराल उत्कृष्ट हास्य कलाकार, दीपक शर्मालाई उत्कृष्ट संगीतकार अवार्ड, कमल राईलाई उत्कृष्ट कोरियोग्राफर, शंकर पाण्डेलाई उत्कृष्ट प्रोडक्सन डिजाइनर र फिल्म ‘महापुरुष’लाई वेष्ट चलचित्र अवार्ड प्रदान गरियो ।
       
भारतका केही ब्यवसायी तथा बलिउडकर्मी र नेपाली गरेर करिब दुई दर्जन बढीलाई अवार्ड प्रदान गरिएको थियो ।

भारतको ‘फर्न इभेन्ट्स’ का अनुसार भारतका विभिन्न मुख्य शहरहरुमा पाँचौँ संस्करणको सफल आयोजनापछि पहिलो पटक यस अवार्डका लागि नेपाल आएको र यस कार्यक्रमले नेपालको कला संस्कृतिका साथै पर्यटन प्रवर्द्धनमासमेत टेवा पुर्याउने छ । 


 

aakash_adhikari_vindu_darha.jpeg
bhagyashree.jpeg
Bhagyashree_ranjeet.jpeg
bijay_baral_vindu_darha_singh.jpeg
Binod_chaudhary_Haribansha_acharya.jpeg
captivating_creation_award_2023_cover.jpg
devika_bandana_bhagyashree.jpeg
dhiraj_magar_vindu_darha_singh.jpeg
Parash_khadka_Bhagyashree.jpeg
Prakash_subedi_vindu_darha.jpeg
Priyanka_karki_ranjeet.jpeg
santosh_devkota_Vindu_darha_singh.jpeg
shambhujeet_baskota_bhagyashree.jpeg
vindu_darha_singh.jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ