arrow

सुनकोशीमा बेपत्ता गाडी र दुईको शव भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २४ बुधबार
accident-1_1617703017.jpg

सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिका-७ लौकुनस्थित सुनकोशी नदीमा खसेर बेपत्ता सिटिइभिटीका कर्मचारी चढेकोे गाडी र दुई जनाको शव सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले फेला पारेको छ । 

एक जना भने अझै बेपत्ता रहेका छन् र उनको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए । 

उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सुवास थापाको कमाण्डमा खटिएको गोताखोर टोलीले गाडी भेट्टाएर नदीबाट बाहिर निकालेका हुन् । 

उक्त शव तनहुँ जिल्लाको भानु नगरपालिका-९ बस्ने सिटिइभिटीका प्रशासन शाखाका निर्देशक ५७ वर्षीय कृष्ण केसी र इलाम जिल्लाको सूर्योदय नगरपालिका ५ बस्ने ३२ वर्षीय विद्युत् प्रशिक्षक भानु पौडेलको रहेको सशस्त्र प्रहरीले जनाएको छ । 

पूर्वी नवलपरासी जिल्लाको प्रगतिनगर नगरपालिका-७ बस्ने योजना महाशाखाका निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल अझै बेपत्ता रहेका छन् । सो दुर्घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण सिनामङ्गल काठमाडौँ र उक्त तालिम शिक्षालयबाट गोताखोर टोली खोजीकार्यको लागि खटिएको थियो । 

प्रदेश नम्बर ३-०१-००२ झ ४९८५ (इम्बोस्ड नम्बर बीएबी ७४६७) को स्कार्पियो गाडी जेठ १९ गते शुक्रबार भक्तपुरबाट खोटाङ जाने क्रममा घुर्मी-खुर्कोट सडकखण्डअन्तर्गत सो ठाउँबाट सुनकोशी नदीमा खसेको थियो । 

दुर्घटनापश्चात् गाडीका चालक कृष्ण चौधरी घाइते अवस्थामा आफैँ पौडिएर नदीबाट बाहिर निस्कन सफल भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ