arrow

संसदमा जब पर्‍यो राति, तब बुढी ताती (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २५ बिहिबार
jaba-paryo-rati.JPG

काठमाडौं । सदनको रेकर्डबाट जब पर्‍यो राति तब बुढी ताती शब्द हटाइएको छ । नेपाली कांग्रेसका एक सांसदले बजेटमाथिको छलफलमा उक्त शब्द प्रयोग गरेपछि महिला सांसदले विरोध जनाएसँगै सो रेकर्डबाट हटाइएको हो । 

कांग्रेसका एक सांसदले  जब पर्‍यो राति तब बुढी ताती  भनेपछि महिला सांसद उठेर  भनिन्,'  जब पर्‍यो राति तब बुढी ताती भन्ने हामीले धेरै पटक माननीयहरुको मुखबाट हामीले सुनेका छौ । आज बोलिएको रेकर्डबाट काटियोस् ।'

प्रतिनिधि सभाको नियमावली २१ घ अनुसार कसैलाई अपमानजनक शब्द प्रयोग गर्न पाइँदैन । उनले भनिन्,' नेपाली उखानलाई लिएर जहिले पनि नेपाली महिलामाथि आक्रमण गर्ने गरिन्छ यो कुरा कहिले देखि अन्त्य हुन्छ म सोध्न चाहान्‍छु । जहिले पनि उखान टुक्का गर्दा महिला माथि नै यो सदनमा बोलिनुपर्ने कहिले सम्म ?' 

त्यसपछि सभामुखले जब पर्‍यो राति तब बुढी ताती रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ