arrow

गृहमन्त्रीलाई एमालेको चुनौती - हाम्रो सुरक्षा गर्न सक्नुहुन्न भने हामी आफै गर्छौं (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २६ शुक्रबार
yogesh-bhattarai-2079-04-29.jpg

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले  सरकारले आफ्नो सुरक्षा गर्न नसके नेकपा एमालेले गर्ने चुनौती दिएका छन् ।  शुक्रवार प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै  भट्टराईले यस्तो चुनौती दिएका हुन् । 

एमालेले कोशी प्रदेशमा आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूमाथि साङ्घातिक हमलाको निरन्तर प्रयास भइरहँदा पनि सरकार मूकदर्शक बनिरहेको उनले आरोप लगाए । 

उनले भने,'  एमालेमाथि पार्टीगत हिसाबले र नेतागत हिसाबले निशाना लगाइन्छ भने, यदि गृहमन्त्रीजी तपाईँले हाम्रो सुरक्षा दिन सक्नु हुन्न भने नेकपा एमालेको सुरक्षा नेकपा एमालेले गर्छ । म तपाईँलाई चुनौतीका साथ भन्न चाहन्छु । यसको स्पष्ट ढङ्गको जवाफ गृहमन्त्रीजीबाट चाहन्छौँ । यदि उहाँले जवाफ दिनु हुन्न भने हाम्रो विरोध जारी रहन्छ ।’

बिहीबार  कोशी प्रदेशका एमालेका संसदीय दलका उपनेता राम राना र उपसभामुख सृजना दनुवारमाथि हातपात गर्ने, गाडी जलाउने लगायतको प्रयास गर्दा पनि सरकार रमिते बनिरहेको एमालेको आरोप छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ