arrow

नबिल बैङ्क र ल्याण्डमार्क होटेलबीच छुटको लागि सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २६ शुक्रबार
nabil-bank-landmark-hotel-mou.jpg

काठमाडौँ। नबिल बैङ्कले आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राखी ल्याण्डमार्क होटेल एन्ड रिसोर्टसँग सम्झौता गरेको छ। उक्त सम्झौता अन्तर्गत नबिल बैङ्कका ग्राहकहरूले ल्याण्डमार्क होटेल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौँ, चितवन तथा पोखराका होटेलहरूमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटेल तथा रिसोर्टको आवास सुविधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने जनाएको छ।

ग्राहकले नबिल बैङ्कको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुविधा प्राप्त गर्न सक्नेछन्। हाल सम्म नबिल बैङ्कले २५५ शाखा मार्फत बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ