arrow

रामचरण र जुनियर एनटीआरसँग सहकार्य गर्ने क्रिस हेम्सवर्थको चाहना 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २७ शनिबार
junior-ntr-ramcharan-krish-hamsworth.jpg

लसएन्जल्स । मार्बल सिनेम्याटिक युनिभर्समा ‘थोर’ बनेर सबैका मन जितेका अष्ट्रलियाली अभिनेता क्रिस हेम्सवर्थले ‘आरआरआर’ अभिनेता जुनियर एनटीआर र रामचरणसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन् ।

हाल ‘एक्सट्रेक्सन २’को प्रचारमा व्यस्त क्रिसले एसएस राजामौलीको फिल्म ‘आरआरआर’ हेरेपछि दुई अभिनेतासँग सहकार्यको चाहना व्यक्त गरेका हुन् ।

‘हालैमात्र मैले आरआरआर हेरेँ । मलाई लाग्छ कि यो फिल्म अविश्वसनीय थियो । मलाई यो कुराको दुःख छ कि मलाई दुवै अभिनेताको नाम थाहा छैन । उनीहरु कमालका थिए । उनीहरुसँग अभिनय गर्ने मौका पाए म आफूलाई भाग्यमानी सम्झन्थें’, उनले भनेका छन् ।

क्रिस अघि ‘गार्डियन अफ ग्यालेक्सी’का निर्देशक र डीसी स्टुडियोका सहअध्यक्ष जेम्स गुनले पनि जुनियर एनटीआरसँग सहकार्य गर्न चाहेको बताएका थिए ।

‘आरआरआर’ गत वर्षको ब्लकबस्टर फिल्ममध्येमा पर्दछ । फिल्मले ‘गोल्डन ग्लोब’ र ‘ओस्कार’ दुवैमा ‘बेस्ट ओरिजनल सङ’को अवार्ड जितेको थियो । 

फिल्ममा अजय देवगन र आलिया भट्टको पनि अभिनय थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ