arrow

च्याम्पियन्स लिगको उपाधि म्यानसिटीलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
mancity-champions-league-2023.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । इस्तानबुलमा शनिबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई १–० गोल अन्तरले हराउँदै म्यानसिटीले उपाधि जितेको हो ।

सिटीलाई जित दिलाउन रोड्रीले निर्णायक गोल गरे । रोड्रीले खेलको ६८ औं मिनेटमा गोल गरेका थिए । सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

यस्तै पेप ग्वार्डिओलाको नेतृत्वमा रहेको सिटीले एकै सिजन तीन उपाधि जितेको छ । यसअघि सिटीले प्रिमियर लिग र एफए कप जितेको थियो ।

एकै वर्ष तीन उपाधि जित्ने म्यानसिटी दोस्रो प्रिमियर लिग क्लब हो । यसअघि म्यानचेष्टर युनाइटेडले सन् १९९९ मा तीन उृपाधि जितेको थियो । 

ग्वार्डिओला तीन च्याम्पियन्स लिग जित्ने तेस्रो प्रशिक्षकसमेत बनेका छन् ।

यसअघि कार्लो एन्सोलोटी र जिनेदान जिदानले तीन च्याम्पियन्स लिग जिताएका छन् । ग्वार्डिओलाले यसअघि स्पेनिश क्लब बार्सिलोनालाई दुई पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ