arrow

बनबासामा चार नेपालीको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
accident-final.jpeg

काठमाडौं । भारतमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ । भारतीय बजार बनबासा नजिकै सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको हो ।

भारत उत्तराखण्डको बनबासा सडकखण्ड अन्तर्गत चकरपुरमा कार र दुई स्कुटर ठोक्किँदा चार जनाको मृत्यु भएको हो । दुई वटा स्कुटरमा गइरहेका उनीहरु चकरपुरमा कारसँग ठोक्किएका हुन् । 

दुर्घटनामा ६० वर्षीय नेमबहादुर चन्द, उनकी श्रीमती ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइ–बुहारी कल्पना चन्दको मृत्यु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ