arrow

ईसेवाबाट टेलिकमको रिचार्ज गर्दा कोमाकी स्कुटर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
esewa-telecom-new-journey.jpg

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवामार्फत नेपाल टेलिकमको रिचार्ज गर्दा इलेक्ट्रिक स्कुटर जित्न सकिने अफर ल्याएको छ । 

यस अभियानमा सहभागी हुन एनटीसी प्रिपेड, एनटीसी पोष्टपेड र एनटीसी डाटाप्याक एप वा ईसेवाको वेबसाइट मार्फत रिचार्ज गर्नुपर्ने ईसेवाले जनाएको छ । 

यो अभियान अवधि असार १५ गतेसम्मका लागि लागि सञ्चालन हुने जनाइएको छ । यो अभियान अवधिभर प्रोमोकोडहरू प्रयोग गरेर १० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

क्यासब्याक रिचार्ज २४ घण्टा भित्र ईसेवा वालेटमा जम्मा हुनेछ । कोमाकी फ्लोरा एक इलेक्ट्रिक स्कुटर हो जसले प्रति चार्ज ७५–१०० किलोमिटरको माइलेज दिनुको साथै सहज र रमाइलो सवारी अनुभव सुनिश्चित गराउन शक्तिशाली ३००० वाट मोटरको जडान गरिएको छ ।  

यस इलेक्ट्रिक स्कुटरमा ट्युबलेस टायर र डिस्क ब्रेककोका साथै अन्य विशेषता रहेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ