arrow

तीन समितिको बैठक बस्दै, प्रधानन्यायाधीशको उजुरीमाथि छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २९ सोमबार
sunuwai-samiti-2080.JPG
संसदीय सुनुवाइ समिति

काठमाडौं । आज तीन संसदीय समितिको बैठक बस्दैछ । आज अर्थ समिति, संसदीय सुनुवाइ समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । 

अर्थ समितिको बैठक  आज बिहान १० बजेबाट सिंहदरबारमा शुरु हुनेछ । आजको बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । 

संसदीय सुनुवाइ समितिको बैठक  बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रस्तावित प्रधानन्यायाधीश उपर प्राप्त उजुरी खोली वितरण गर्ने, प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ सम्बन्धी कार्य तालिकामाथि छलफल तथा निर्णय गर्ने बारेमा छलफल हुनेछ ।

वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । जेठ १६ मा कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको थियो । 

त्यस्तै  राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक  आज ३ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । आजको बैठकमा एकीकृत निर्वाचन कानून तर्जुमा सम्बन्धमा, जिल्ल निर्वाचन कार्यालय खारेजीको सम्बन्धमा आयोगको धारणाका विषयमा र निर्वाचन प्रणालीमा गर्नुपर्ने सुधारको विषयमा छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ