arrow

प्यूठान दुर्घटनाका मृतक आठ जनाकै सनाखत

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३० मंगलबार
accident-final-1618290232.jpg

दाङ । प्यूठानको स्वर्गद्वारीबाट फर्किँदै गरेको जीप दुर्घटना हुँदा मृत्यु भएका ८ जनाकै सनाखत भएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा गाडी चालक लमही–५ निवासी ४९ वर्षीय तारा कुमाल, गाडीमा सवार दाङ गढवा–५ बाँकी घर भई हाल नारायणपुरस्थित फर्निचर उद्योगमा काम गर्ने ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३२ वर्षीया राधा शाह, उनका ९ वर्षीय छोरा आदित्य शाह रहेका छन् ।

यस्तै, तुलसीपुर कोठरी घर भई नारायणपुरमा डेरा गरेर बस्ने ३४ वर्षीय सरिता शर्मा पोख्रेल, उनका दुई छोरा १४ वर्षीय छोरा विशाल शर्मा, ९ वर्षीय विकास शर्मा र घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका ११ वर्षीय बालक शिशिर खनालले ज्यान गुमाएका छन् ।

प्यूठानको भिंग्रीनजिकै लु १ च ६३४५ नम्वरको जीब आज दिउँसो भीरबाट खसेर आठ जनाले ज्यान गुमाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ