arrow

ईसेवा र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३० मंगलबार
nabil-bank-esewa-agreement.jpg

काठमाडौँ । मुलुकभर तथा संसारका २०० बढी राष्ट्रहरुमा व्यापक रुपमा कारोवार विस्तार गरिरहेको रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंक मध्येको एक– नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ।  

यस सम्झौता अन्तर्गत, अब विदेशबाट ईसेवा मनि ट्रान्सफरमार्फत पठाएको रेमिट्यान्स, नबिल बैंकको नेपालका सातै प्रदेशमा रहेका २५५ शाखामध्ये जुनसुकै शाखाबाट पनि भुक्तानी गर्न सकिनेछ।  

यस सम्झौता बमोजिम अब विदेशमा रहेका नेपालीहरुले सिधै नबिल बैंकको खातामा पैसा पठाई नगद भुक्तानी गर्न सक्नेछन् । 
 
सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गरेका थिए । 

ईसेवा मनि ट्रान्सफरकले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ईसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरुको साथै नेपालका प्रायजसो सबै बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ।

नबिल बैंकले ३८ वर्षदेखि देशव्यापी रूपमा आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ