arrow

सात जिल्लामा शान्ति समाजको रक्तदान 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
blood donation chitwan.jpg

काठमाडौँ । विश्व रक्तदाता दिवस १४ जुनका अवसरमा मानव अधिकार तथा शान्ति समाजका जिल्ला शाखाहरुको आयोजनामा आज ७ जिल्लामा रक्तदान कार्यक्रम भएको छ । 

शान्ति समाज महोत्तरी शाखाको आयोजनामा जलेश्वरमा सम्पन्न रक्तदान कार्यक्रममा २८ जनाले र चितवन शाखाद्वारा आयोजित कार्यक्रममा १४ जनाले रक्तदान गरेका छन् ।

यसैगरी शान्ति समाज रुपन्देही शाखा र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको संयुक्त आयोजनामा बुटवलमा सम्पन्न रक्तदान कार्यक्रममा ३ दर्जन बढीले र शान्ति समाज नुवाकोट शाखा र नुवाकोट आर्दश बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा बट्टारमा सम्पन्न कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् । 

यस्तै शान्ति समाज पाल्पा, बाँके र सुनसरी शाखाले पनि जेठ ३१ गते रक्तदान कार्यक्रम गरिरहेका छन् ।

सन् २००४ देखि जुन १४ का दिन अन्तर्राष्ट्रिय स्तरमै विश्व रक्तदाता दिवस मनाइदै आएको छ । शान्ति समाजले आफ्नो स्थापना दिवस, राष्ट्रिय परिषद् बैठक लगायत विभिन्न सन्दर्भमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ