arrow

कार्कीको अन्तिम संसदीय सुनुवाइ बिहीबार 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
harikrishna-karki-chief-justice.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको बिहीबार अन्तिम संसदीय सुनुवाइ हुने भएको छ । बुधबार बसेको प्रतिनिधि सभा अन्तर्गतको संसदीय सुनुवाइ समिति बैठकले बिहीबार प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई सुनुवाइका लागि बोलाउने निर्णय गरेको हो । 

बुधबार उजुरीकर्ताहरुसँग छलफल गरेको समितिले बिहीबार कार्कीलाई बोलाउने निर्णय गरेको हो । बिहीबार कार्कीलाई आफूमाथि लागेको आरोपबारे प्रष्टीकरण गर्न र आफ्नो कार्ययोजना प्रस्तुत गर्न दिइनेछ । 

संसदीय समितिले सुनुवाइपछि नाम अनुमोदन गरेमा राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । जसअनुसार बिहीबार समितिले उनको नाम अनुमोदन गरेमा प्रधानन्यायाधीश हुने बाटो खुला हुनेछ । 

आगामी साउन २० गतेबाट कार्कीले अनिवार्य अवकाश पाउँदैछन् । 
बुधबारको छलफलमा विवाद
बुधबार भने उजुरीकर्ताहरूसँग छलफल भएको थियो । उजुरीकर्ताहरूको छलफलबीच भएको विवादका कारण अवरोध सिर्जना हुने भएपछि समितिले केही उजुरीकर्ताहरूसँग मात्रै छलफल गरेको थियो ।

बैठकमा उजुरीकर्तामध्येका वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ‚ जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई‚ अधिवक्ता अमृत खरेल‚ उजुरीकर्ता रतन भण्डारीलगायतले सुनुवाइ समितिको बैठक बहिस्कार गरेका थिए । 

श सामूहिक रुपमा बैठकमा सहभागी हुन पाउनुपर्ने माग राखेका उजुरीकर्ताहरूले पछि समितिको वैधतामाथि प्रश्न उठाएका थिए । 

बुधबार बिहान २३ जना उजुरीकर्तालाई संसदीय सुनुवाइ समितिले छलफलका लागि बोलाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ