arrow

धरानेलाई पानी खुवाउने हर्क साम्पाङविरुद्ध अल्पकालीन अन्तरिम आदेश 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
harka-sampang-dharan.jpg

विराटनगर । उच्च अदालत विराटनगरले धरानेलाई पानी खुवाउने धरान उपमहानगरपालिकाका प्रमुख हर्क सम्पाङविरुद्ध दायर रिटमाथि अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

धरान खानेपानी बोर्डको सदस्यमात्र रहेका साम्पाङले नियमविपरीत अध्यक्षसरह काम गर्दै आएको भन्दै दायर रिटमाथि उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । यद्यपि धरान खानेपानी बोर्ड अध्यक्षविहीन रहेको छ ।

हर्कविरुद्ध खानेपानी बोर्डका सदस्य विजय श्रेष्ठलगायतले खानेपानी बोर्डको बैठक नबोलाई हर्कले एकलौटी रुपमा काम गरेको भन्दै उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । 

अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले दुवै पक्षलाई छलफलका लागि बिहीबार बोलाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ