arrow

प्रस्तावित प्रधानन्यायाधीश कार्की संसदीय सुनुवाइ समितिमा उपस्थित हुँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३२ बिहिबार
harikrishna-karki-chief-justice.jpg
तस्बिर – फाइल ।

काठमाडौं । संसदीय सुनवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई आज छलफलका लागि बोलाएको छ । 

लामो समयदेखि कार्यबाहक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायाधीशमा सिफारिस गरिएको थियो ।

संवैधानिक परिषदले भावी प्रधानन्यायाधीशमा सिफारिसमा परेका कार्कीलाई उनी विरुद्ध परेका उजुरीका बारेमा सोधपुछ गरिनेछ ।

यसअघि हिजो उजुरीकर्ताहरुसँग छलफल गरेको समितिले आज कार्कीलाई बोलाउने निर्णय गरेको थियो । कार्कीलाई आज आफूमाथि लागेको आरोपबारे प्रष्टीकरण गर्न र आफ्नो कार्ययोजना प्रस्तुत गर्न दिइनेछ । 

संसदीय समितिले सुनुवाइपछि नाम अनुमोदन गरेमा राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । जसअनुसार आजसमितिले उनको नाम अनुमोदन गरेमा प्रधानन्यायाधीश हुने बाटो खुला हुनेछ । 

आगामी साउन २० गतेबाट कार्कीले अनिवार्य अवकाश पाउँदैछन् । 

बुधबारको छलफलमा विवाद
बुधबार भने उजुरीकर्ताहरूसँग छलफल भएको थियो । उजुरीकर्ताहरूको छलफलबीच भएको विवादका कारण अवरोध सिर्जना हुने भएपछि समितिले केही उजुरीकर्ताहरूसँग मात्रै छलफल गरेको थियो ।

बैठकमा उजुरीकर्तामध्येका वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ‚ जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई‚ अधिवक्ता अमृत खरेल‚ उजुरीकर्ता रतन भण्डारीलगायतले सुनुवाइ समितिको बैठक बहिस्कार गरेका थिए । 

श सामूहिक रुपमा बैठकमा सहभागी हुन पाउनुपर्ने माग राखेका उजुरीकर्ताहरूले पछि समितिको वैधतामाथि प्रश्न उठाएका थिए । 

बुधबार बिहान २३ जना उजुरीकर्तालाई संसदीय सुनुवाइ समितिले छलफलका लागि बोलाएको थियो । 

उनी बिरूद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजो छलफल गरेको थियो ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ