arrow

तीन हजार गाईभैँसीलाई खोप

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३२ बिहिबार
Lumpy-skin-disease1.png

चितवन । चितवनका तीन हजार तीन सय ८० गाईभैँसीलाई लम्पीस्किनविरुद्धको खोप लगाइएको छ । पशु पालक किसान र स्थानीयको सक्रियतामा खोप लगाईएको हो ।  
 
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यका अनुसार भरतपुर महानगरपालिकाका दुई हजार नौ सय ९०,  रत्ननगर नगरपालिकाका तीन सय ४० र राप्ती नगरपालिकाका ५० वटा गाईभँैसीमा लम्पीस्किनविरुद्धको खोप लगाइएको छ ।

लम्पीस्किनका कारण गाईभैँसी मर्न थालेपछि उच्च सतर्कता अपनाउन कृषकलाई अनुरोध गरिएको छ । जिल्लामा हालसम्म चार हजार एक सय गाईभैँसी यस रोगबाट प्रभावित भएका छन् । जसमध्ये एक सय १२ वटा मरिसकेको कार्यालयले जनाएको छ । यस रोगका कारण जिल्लाको राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिका बढी प्रभावित भएका छन् । जिल्लामा ९३ हजार एक सय ८२ गाई र ७२ हजार नौ सय ७८ भैँसी पालिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ