arrow

सुरक्षा परिषद् सल्लाहकारमा बैरागीले लिए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३२ बिहिबार
shankar-bairagi].JPG

काठमाडौं ।  राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकारमा नियुक्त भएका निवर्तमान मुख्यसचिव शङ्करदास बैरागीले शपथ लिएका छन् । 

प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उनलाई शपथ गराएका हुन् । 

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई सुरक्षा परिषद्को सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो । 

यसअघि आजै प्रधानमन्त्री दाहालको अध्यक्षतामा सिंहदरबारमा परिषद्को बैठक बसेको थियो । 

मन्त्रिपरिषद् बैठकले बैरागीलाई सुरक्षा परिषद्को सल्लाहकार र प्रधानमन्त्री कार्यालयका सविच डा वैकुण्ठ अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । 
 



नयाँ