- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारत ए बीचको खेलमा वर्षा बाधक बनेको छ ।
नेपाल र भारत ए सँगको खेलमा टस बिना नै रद्द भएको हो । खेल रद्द भएसँगै नेपाल र भारत ए ले १–१ अंक बाँडेका छन् । अंक बाँडेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कायमै रहेको छ ।
हङकङको मङकङ क्रिकेट मैदानमा खेल बिहान ११ः१५ बजे शुरु हुने तालिका रहेको थियो । प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।
नेपालले पहिलो खेलमा पाकिस्तानसँग ९ रनको झिनो हार बेहोरेको थियो ।
नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार घरेलु टोली हङकङसँग खेल्नेछ ।
समूह बी मा मलेसिया, यूएई, बंगलादेश र श्रीलंका ए रहेका छन् । प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
सेमिफाइनल १९ जुनमा हुनेछ । फाइनल २१ जुनमा हुनेछ ।
नेपाल सेमिफाइनलमा पुग्नका लागि अबको खेलमा हङकङमाथि फराकिलो जित हासिल गरेर मात्र पुग्ने छैन सोही अनुसारको नतिजा पनि ल्याउनु पर्ने हुन्छ ।
थाईल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।
एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो ।