arrow

आदिपुरुषमा जानकी भारतकी छोरी हुन् भनेपछि काठमाडौँभित्र हिन्दी फिल्म चल्न नदिने बालेनको निर्णय 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३२ बिहिबार
balenadhipurus-2080-02-32.jpg

काठमाडौँ । काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी चलचित्र नचल्ने भएका छन् । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ मा सीतालाई भारतकी छोरी भएको वाक्यांश राखिएप्छि महानगरपालिकाका प्रमुख वालेन्द्र साह (बालेन) ले उक्त भाषा नसच्याइएसम्म कुनै पनि हिन्दी चलचित्र चल्न नदिने बताएका हुन् । 

सामाजिक संजाल फेसबुकमा लेख्दै बालेनले उक्त भाषा सच्याउन तीन दिनको समय दिएका छन् । 

यस्तो लेखेका छन् बालेनले, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ