arrow

आदिपुरुष अर्को विवादमा, रामलाई जिसस जस्तो देखाएको भन्दै मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २ शनिबार
adipurus-2023.jpg

नयाँदिल्ली । रिलिज हुनुअघि नै विवादमा परेको बलिउड चलचित्र ‘आदिपुरुष’ रिलिज पछि पनि थप विवादमा परेको छ । फिल्ममा देखाइएको रामायणको कथा र संवादको स्तरसँग छेँडछाड गरेर दर्शकको भावनामा चोट पुर्‍याएको भन्दै  हिन्दू सेनाले ‘आदिपुरुष’  विरुद्ध दिल्ली उच्च अदालतमा रिट दायर गरेको छ । यस रिटमा हिन्दू सेनाले ‘आदिपुरुष’ को सार्वजनिक प्रदर्शनमा प्रतिबन्ध लगाउन माग गरेको छ। 

हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले ‘आदिपुरुष’  विरुद्ध दिल्ली उच्च अदालतमा जनहित याचिका दायर गरेको जानकारी दिए । उनका अनुसार ‘आदिपुरुष’ विरुद्ध दायर गरिएको रिट निवेदनमा भनिएको छ कि यो भारतीय संविधानको धारा २२६ अन्तर्गत जनहित याचिका हो । 

जस अनुसार धार्मिक नेता, पात्र रव्यक्तिलाई गलत देखाउन पाइने छैन । त्यसैले सो फिल्मका आपत्तिजनक दृश्य तत्काल हटाउनु पर्नेछ र फिल्मलाई सार्वजनिक प्रदर्शनमा रोक लगाउनु पर्नेछ ।

निवेदनमा ‘आदिपुरुष’ लाई फिल्ममा धर्मगुरु, पात्र र व्यक्तित्वलाई गलत ढंगले प्रस्तुत गरी हिन्दू समुदायको भावनामा चोट पुर्‍याएको आरोप लगाइएको छ । 

महर्षि वाल्मीकि जस्ता लेखकले लेखेको रामायणमा हिन्दू धर्मका पात्रहरूलाई जसरी भनिएको छ, त्यसैगरी फिल्ममा नदेखाइ गलत रुपमा ब्याख्यासमेत गरी नयाँ नयाँ अविश्वसनीय दृश्य देखाइएको छ । 

रामलाई जिसस जस्तो देखाइएको, सुनको दरबारमा बस्ने रावणलाई अजिंगरको घेरामा बसेको देखाइएको मात्रै नभइ राम, सीता, लक्ष्मण, रावणका संवाद पनि कतिपय ठाउँमा र्यापरको जस्तो भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

निर्देशक ओम राउतको ‘आदिपुरुष’  हिन्दू महाकाव्य रामायणमा आधारित फिल्म हो । फिल्ममा प्रभास ‘भगवान राम’, कृति सेनन ‘सीता’ र सन्नी सिंह ‘लक्ष्मण’ को भूमिकामा छन् । यो सँगै सैफ अली खानले ‘रावण’ को भूमिका निभाएका छन् । 

ट्रेलर रिलिज भएदेखि नै विवादमा परेको यो फिल्मपछि निर्माताले धेरै परिवर्तन गर्नुपरेको थियो । अहिले यो फिल्म रिलिज भएको छ, जसलाई हेरेपछि दर्शकले मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।

नेपालमा पनि ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद राखेपछि काठमाडौं महानगरपालिकाले सो फिल्मको प्रदर्शनमा रोक लगाएको थियो । अन्ततः सेन्सर बोर्डले सो संवाद विप गरेपछि नेपालमा प्रदर्शन गरिएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ