arrow

एसीसी वुमन्स क्रिकेटबाट नेपाल बाहिरियो, वर्षाले दुई खेलमा बाँड्यो अंक 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २ शनिबार
cricket-women-nepal=hongkong-2023-06-17.jpg

काठमाडौँ । नेपाल एसीसी वुमन्स इमर्जिङ टिम्स एसिया कप क्रिकेटबाट बाहिरिएको छ । अन्तिम समयमा आएर नेपाल र हङकङबीच हुने भनिएको खेल वर्षाले रद्ध हुन पुगेसँगै नेपाल बाहिरिएको हो । 

वर्षाको कारण खेल हुन नसकेपछि दुवै टोलीले १–१ अंक बाँड्न विवश भएका थिए । साथै समान अंक बाँडेका दुवै टोली एकैपटक प्रतियोगिताबाट बाहिरिएका छन् ।

आज खेल रद्ध भएसँगै सो समूहबाट तेस्रो स्थानमा रहँदै नेपाल बाहिरिएको हो भने नेपालसँग खेल रद्ध भए पछि हङकङ भने ३ खेलमा २ अंकका साथ पुछारमा रहेर बाहिरिएको हो ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित भएको थियो भने वर्षाको कारण खेल रद्ध भएपछि भारतसँग अंक पनि बाँड्नु परेको थियो । नेपाल ३ खेलमा १ मा हार र दुई खेलमा अंक बाँड्दै २ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरिएको नेपाल क्रिकेट संघले जानकारी दिएको छ । 

सो समूहका भारत र पाकिस्तान भने समान दुई खेलमा एकमा जित र एक खेलमा अंक बाँड्दै ३–३ अंकका साथ शीर्ष र दोस्रो स्थानमा छन् । दुवै टोली सेमिफाइनलमा पुगेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ