arrow

फेरि बिग्रियो राष्ट्रपति पौडेलको स्वास्थ्य, शिक्षणमा भर्ना 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २ शनिबार
ramchandra-poudel-president-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल पाँचौ पटक अस्पताल भर्ना भएका छन् । राष्ट्रपतिमा निर्वाचित भएयता पौडेल पाँचौ पटक अस्पताल भर्ना भएका हुन् ।

शुक्रबार राति मुटुमा समस्या देखा परेपछि शनिबार बिहानै उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको छ । उनका स्वकीय सचिव चिरञ्जिवी अधिकारीका अनुसार राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा राखिएको छ । 

चिकित्सकको निगरानीमा रहेका पौडेलको अवस्था खतरामुक्त रहेको उनले जानकारी दिएका छन् ।

पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ । मुटुको चाल मनिटरिङ गर्न आवाश्यक देखिएपछि त्रिभुवन शिक्षण अस्पताल लगिएका पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले जनाएका हुन् । 

मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर कार्यकारी निर्देशक प्राडा रत्नमणी अधिकारीका अनुसार उनको मुटुको चालको मनिटरिङ गरिएको छ ।

 ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको मुटुको चाल मनिटरिङ गर्न आवाश्यक देखिएको हुदाँ आज बिहान सबैरै यस सेन्टरमा उपचरार्थ भर्ना हुनु भएको छ,’ अस्पतालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जानकारी गराइन्छ ।’ 

तीन दिनअघि पनि राष्ट्रपति पौडेललाई शहीद गंगालाल हृदय रोग केन्द्र, बाँसबारी लगिएको थियो । 

मुटुमा समस्या देखा परेपछि गंगालाल लगिएका पौडेलको त्यहाँ दुई दिनसम्म उपचार गरिएको थियो । डिस्चार्ज हुनुअघि सो अस्पतालका निर्देशक डा. चन्द्रमणी अधिकारीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य थियो ।

गत बैशाख ५ गते शिक्षण अस्पतालमा भर्ना भएका उनाई ६ गते नयाँदिल्लीको न्याम्स अस्पतालमा भर्ना गरिएको थियो । दुई सातासम्म नयाँदिल्लीमा उपचार गरेर फर्केका राष्ट्रपति पौडेलको छातीमा जमेको पानीमा संक्रमण फैलिएपछि एअर एम्बुलेन्समार्फत नयाँ दिल्ली लगिएको हो ।

सो अघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।  त्यहाँ उनको पेटको तल्लो भागबाट पानी निकालेर परीक्षण गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ