arrow

लफडा आदिपुरुषकोः ढिलो प्रदर्शन हुँदा सिनेमा हलमा तोडफोड

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २ शनिबार
adipurush-cinemahall-destroy.jpg

हैदराबाद । अभिनेता प्रभास स्टारर फिल्म ‘आदिपुरुष’ शुक्रबारबाट विश्वव्यापी रिलिज भएको छ । कृति सेनन, सैफ अली खान र सनी सिंहको समेत प्रमुख भूमिका रहेको फिल्म रिलिजसँगै विवाद र चर्चामा तानिएको छ ।

भारतका केही स्थानमा भने फिल्म हेर्न गएका दर्शकले थिएटर तोडफोड गरेका छन् । तेलंगना राज्यमा यस्तै घटना भएको छ । फिल्म हेर्न गएका दर्शकले फिल्म ढिलो रिलिज गरेको भन्दै त्यहाँको हल तोडफोड गरेका छन् ।

दर्शकले तेलांगनाको सांगारेडी सहरमा रहेको ज्योति सिनेमा तोडफोड गरेका हुन् । तोडफोड गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा केहीले ‘जय श्री राम’ भनिरहेका छन् भने केहीले थिएटरको सिसामा ढुंगा प्रहार गरेका छन् ।

थिएटर साउण्ड सिस्टममा खराबी भएको भन्दै फिल्म ४० मिनेट ढिलो रिलिज गरेको थियो । जसकारण दर्शक आक्रोशित भएका थिए ।

यो घटनापछि प्रहरीमा उजुरी परेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । फिल्ममा ओम राउतको निर्देशन छ ।

यो फिल्ममा सीता भारतमा जन्मेको भन्ने सम्वाद राखिएपछि नेपालबाट विरोध हुँदा उक्त सम्वाद हटाउन निर्माता बाध्य भएका थिए ।

त्यस्तै रामलाई जिसस क्राइष्टजस्तो देखाएको भन्दै भारतको दिल्ली अदालतमा रिट परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ