arrow
ADVERTISEMENT

मंकिपक्स नेपालमा पनि 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २ शनिबार
monkeypox-world-spread.jpg

काठमाडौँ । नेपालमा पहिलो पटक मंकिपक्स भाइरसबाट ग्रसित महिला फेला परेकी छिन् । केही दिनअघि  नेपाल आएकी एक जना ६० वर्षीया विदेशी महिलामा मंकिपक्सको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

उनमा मंकिपक्स भाइरसबाट हुने ‘एमपक्स’ पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ । मंकिपक्सको शंकास्पद लक्षण देखिएपछि हाल उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

उक्त विदेशी महिलामा ज्वरोसहित मंक्किपक्स जस्तै लक्षण देखिएपछि चिकित्सकको सम्पर्कमा पुगेकी थिइन् । उनीमाथि देखा परेको लक्षण अनुसार संकलन गरिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनमा मंक्किपक्स पुष्टि भएको थियो । 

मंकिपक्सका बिरामी अहिलेसम्म १ सय ११ देशमा फेला परिसकेका छन् । नेपालमा भने पहिलो पटक फेला परेको हो । गत वर्ष यसले विश्वमा महामारीको रूप लिएको थियो । 

यो रोग मानिसदेखि मानिससम्म वा जनावरबाट मानिसमा सर्ने गर्दछ । 

सन् १९८० मा  बिफर उन्मुलन भए लगत्तै यो नयाँ रोगका रूपमा देखा परेको  थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ