arrow

गर्मी फेरि बढ्यो, यी प्रदेशमा वर्षा, देशैभर फैलन साता लाग्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २ शनिबार
weather-2022-evergreen.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । 

यसका कारण हाल गण्डकी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखका मौमसविद् रोजल लामिछानेका अनुसार पछिल्लो तीन घन्टामा गण्डकी प्रदेशका थोरै स्थान, बागमती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा रातिको समयमा वर्षाको सम्भावना रहेको छ । यस्तै कोशी प्रदेश, मधेश प्रदेश र देशका पहाडी भू–भागमा बदली रहनुका साथै हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
     
मौसमविद् लामिछानेले मनसुन प्रणाली क्रमिकरूपमा देशभर फैलिने क्रममा रहेको र यो देशभर विस्तार हुन अझै एक साता लाग्ने बताए । 

गत जेठ ३१ गते बुधबार नेपालको पूर्वी भेग भएर मनसुन प्रणाली भित्रिएको थियो । मनसुन सुस्तगतिमा रहेकाले देशको पश्चिम क्षेत्रमा फैलिन केही दिन लाग्ने जनाइएको छ ।

शनिबार सबैभन्दा बढी तापक्रम भैरहवामा देखियो । भैरहवामा ४३.७ डिग्री सेल्सियस तापक्रम रह्यो । न्यूनतम तापक्रमसमेत भैरहवामा २९ डिग्री रह्यो । लू लागेका कारण बुटवलमा दुई जनाको ज्यान गएको छ । 

नेपालगञ्जमा अधिकतम तापक्रम ४१.५ र न्यूनतम तापक्रम सबैभन्दा बढी २९.५ डिग्री रह्यो । 

काठमाडौँ उपत्यकामा फेरि गर्मी बढेको छ । शनिबार ३२.२ डिग्री रह्यो भने न्यूनतम तापक्रम पनि बढेर १९.८ डिग्री पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ