arrow

विवादित आदिपुरुषको एडभान्स बुकिङ टिकट धमाधम रद्द

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३ आइतबार
adipurus-2023.jpg

मुम्बई । फिल्म ‘आदिपुरुष’का निर्माताहरु भलै पहिलो दिन फिल्मले विश्वभर १ सय ४० करोड रुपैयाँ कलेक्सन भएको दाबी गरिरहेका छन् । तर फिल्मलाई लिएर विरोध गर्नेको संख्या पनि कम छैन ।

फिल्ममा जसरी रामकथा देखाइयो र भगवान राम–हनुमान र लंकेश रावणको भूमिका बताइयो, त्यो कुरामा दर्शकको गुनासो बढिरहेको छ । फिल्मको समीक्षा र सामाजिक सञ्जालमा फिल्ममाथि आम दर्शकको प्रतिक्रिया हेरेपछि कैयौं मानिसहरुले एडभान्स बुकिङ गरेका टिकट धमाधम रद्द गर्न थालेका छन् । उनीहरुले रद्द गरेका टिकट सामाजिक सञ्जालमा राखिरहेका छन् ।

सामाजिक सञ्जालमा आदिपुरुष, बाइकट आदिपुरुष र डिजास्टर आदिपुरुष ह्यासट्याग ट्रेण्ड भइरहेको छ । अधिकांश दर्शकले शनिबार र आइतबारका लागि बुक गरेका टिकट रद्द गरिरहेका छन् । फिल्मलाई लिएर हरेक स्थानमा असन्तोष बढिरहेपछि अनलाइन बुकिङ गर्नेहरुले टिकट रद्द गर्ने लहर चलाइरहेका छन् ।

रामको रुपमा दर्शकले प्रभासलाई स्वीकार्न सकेका छैनन् । फिल्मको खराब भीएफएक्सले दर्शक दुःखी बनेका छन् । सोहीकारण पनि एडभान्स बुकिङ धमाधम रद्द भइरहेको छ । 

टिकट रद्द गरेका एक ट्वीटर प्रयोगकर्ताले आफ्नो छोरीलाई गलत रामायण नपढाउनकै लागि फिल्मको टिकट रद्द गरेको उल्लेख गरेका छन् । अर्का प्रयोगकर्ताले फिल्म रामायण नभएको उल्लेख गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ