arrow

बाढीले  गोठ बगाउँदा दुईजना बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३ आइतबार
Sabhapokhari_Gaunpalika.png

किमाथाङ्का । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३ स्थित सुनाम्लामा बाढीले एक गोठ बगाउँदा दुई जना बेपत्ता भएका छन् । अविरल वर्षासँगै आएको बाढीले सुनाम्लामा गोठ बगाउँदा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । 

बेपत्ताको पहिचान खुल्न नसकेको उहाँको भनाइ थियो । घटनास्थलमा बाह्रबिसे प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको छ । बाढीले पशु चौपायसमेत बगाएको प्रहरीले जनाएको छ । 

यसैगरी गएराति आएको बाढीले चैनपुर नगरपालिका–१ मा आठ वटा  पशु चौपाय बगाएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ