arrow

कृषि अनाजहरुको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३ आइतबार
mahesh-kumar-bartaula-makwanpur-2-uml-mp-2079-2022.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले किसानले उत्पादन गरेका गोलभेडा लगायतका कृषि अनाजहरुको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। 

आइतबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले कालिमाटी बजारमा गोलभेडाको उचित मूल्य नपाउँदाखेरी किसानहरुले सडकमा नै त्यसलाई फ्याँक्नुपर्ने अवस्था आएको दृष्टान्त पेश गर्दै ती सबै कृषि अनाजहरुको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । सचेतक बर्तौलाले किसानहरुलाई आफ्ना अनाजहरुको क्षतिपूर्ति हुने गरी आवश्यक अनुदानको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

उनले भने, ‘हाम्रो देश नेपाल कृषि प्रदान देश हो । हामी बैठकमा सहभागी भइरहेको बेलामा यति नै खेर सयौं किसानहरु काठमाडौंको कालिमाटीमा उपस्थित भएर उहाँहरुले आफूले उत्पादन गरेको हजारौं केजी टमाटरलगायत कृषि उत्पादनहरु कालिमाटी चोकमा सडकमा फ्याँकेर उहाँहरु आन्दोलन गरिरहनु भएको छ । उहाँहरुले निकै धेरै मात्रामा नेपाली किसानहरुले तरकारी उत्पादन गरिरहनु भएको छ । गोलभेडा उत्पादन गरिरहनु भएको छ । तर आफूले उत्पादन गरेको तरकारी आफूले उत्पादन गरेको मूल्य उहाँहरुले पाउन सक्नु भएको छैन । उहाँहरुको प्रतिकेजी उत्पादन लागत नै करिव २०/२५ रुपैयाँ पर्छ । तर उहाँहरुले मूल्य पाउँदाखेरी आज ४/५ रुपैयाँ पाउन पनि गाह्रो छ । किसानहरुको ढुवानीको लागि सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने जरुरी देखिन्छ । त्यतिमात्रै होइन । किसानहरुको उत्पादन लागत बराबर बजार नपाउँदा, बजारको सुनिश्चितता नहुँदा सरकारले बजारको सुनिश्चितताको दायित्व लिनुपर्छ । मूल्य प्र्र्राप्त नगर्दाखेरी कम्तिमा पनि समर्थन मूल्य बराबर क्षतिपूर्तिको सुनिश्चितता सरकारले गर्नु पर्छ । तबमात्र नेपाली किसानहरुलाई कृषि उत्पादन गर भनेर प्रोत्साहित गरिरहँदाखेरी राज्यले अप्ठ्यारो पर्दा, समस्यामा पर्दा राज्य तिम्रो अभिभावक बन्छ, बन्नेछ भन्ने सुनिश्चितता त्यो राज्यले देखाउनु पर्छ । त्यसकारण जसरी किसानहरुले उत्पादन गरेको आज बन्दहरु, कोभीहरु बारीमा बजार नपाएर, मूल्य नपाएर सुकेर बसेको छ । दुध किसानहरुले मूल्ल नपाएर सडकमा पोख्नु परेको छ । गोलभेडा आज मूल्य नपाएर सडकमा यसरी फ्याँक्नु परेको छ । म नेपाल सरकारलाई कृषि मन्त्रीज्यूलाई सम्माननीय सभामुख महोदयमार्फत् म आग्रह गर्न चाहन्छु-ध्यानाकर्षण गराउन चाहन्छु कि किसानहरुका यी तमाम समस्याहरुलाई दिगो रुपमा समाधान गर्नका लागि क्षतिपूर्तिको व्यवस्था गरियोस् । आवश्यक अनुदानहरुको व्यवस्था गरियोस् ।  म यो माग गर्न चाहन्छु, ध्यानाकर्षण गराउन चाहन्छु ।’

सचेतक बर्तौैलाले मूल्य नपाएर किसानहरुले आफ्नो उत्पादन सडकमा फ्पाँक्नुपर्ने अवस्था आउन नदिने गरी सरकारले सो समस्याको दिगो समाधान गर्नुपर्ने समेत बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ