arrow

बेलबारीमा नापतौल शिविर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३ आइतबार
naptaul-darta-navikaran.jpg

मोरङ । बेलबारीका उद्यमी तथा व्यवसायीहरुलाई स्थानीय स्तरमै सेवा प्रवाह गर्ने उद्धेश्यले बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको प्राविधिक सहयोगमा नापतौल दर्ता तथा नवीकरण भइरहेको छ ।

बेलवारी उद्योग वाणिज्य संघको कार्यालयमा आइतबारदेखि जारी उक्त नापतौल शिविर सोमबारसम्म संचालन हुने उद्योग वाणिज्य संघका अध्यक्ष भेषकुमार श्रेष्ठ (अशोक) ले बताए । 

लामो समयदेखि आफ्नो व्यवसायीक फर्ममा चालु रहेका ढक, तराजु, लिटर, मिटर गुणस्तर तथा नापतौल कार्यालयमा दर्ता नवीकरण नगरी संचालनमा गरिरहेको अवस्थालाई मध्यनजर गरेर नापतौल डोरको अयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए । 

गुणस्तर तथा नापतौल कार्यालय विराटनगर बाट डोर प्रमुख निरिक्षक रजनिस झा को नेतृत्वमा चार जना कर्मचारीहरुले दुई दिने शिविरमा सेवा दिइराखेका छन् । 

आइतबार ८० जना भन्दा बढीले सेवा लिइसकेको संस्थाका वाणिज्य सचिव रुपेश श्रेष्ठले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ