arrow

ओढारमा बसेका तीन जना हराए, योगेश भट्टराई हेलिकप्टर चढेर जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
yogesh bhattarai.jpg

ताप्लेजुङ ।  ताप्लेजुङको सिदिङवामा बाढीले याक्सा बगाएर ओढारमा अलपत्र रहेका तीन जना अहिले सम्पर्कविहीन भएका छन् । बाढी पहिरोका कारणले ओढारमा बसेका सिदिङवा गाउँपालिका-७ सुरुमखिमका २३ वर्षीय डेनिस गुरुङ, अनिता राई र उनीहरुका अढाइ वर्षकी छोरी सम्पर्कविहीन भएका हुन्। 

निरन्तर वर्षासँगै बाढी पहिरोले उनीहरु बसेको याक्सा (गोठ) छेउमा पहिरो गएपछि ओढारमा बस्न परेको हो । गत सोमबार घरदेखि झन्डै एकदिनको पैदलमा रहेको गाग्रे भन्ने स्थानमा आलु खन्न र मकै गोड्न गएका थिए । बसेको याक्साको छेउबाट पहिरो गएपछि ओढारमा सरे बस्नुपरेको सिदिङवा गाउँपालिका-७ सुरुङखिका वडाध्यक्ष लक्ष्मण तामाङले बताए ।

उन अनुसार उनहरु बसेको ओढारको तीनतिर खोला छन् । कुलिङ खोला, पाङदा खोला र तावा खोलाको बीचमा रहेकाले उद्धार गर्न जानसमेत समस्या रहेको वडाध्यक्षतामाङले जानकारी दिनएको छ । उनले भने, “बाढीसँगै आएको खोला घटेको छैन । खोला तरेर जाने सम्भव छैन । पानी पर्र्र्र्र्र्र्र्र्र्र्र्न केही छिनमा रोक्ने केही छिमै पर्ने क्रम चलिरहेको छ ।” सुरुङखिम गाउँदेखि करिब चार घण्टा लाग्ने भएकाले खोला तरेर जना समस्या भएको तामाङको भनाइरहेको छ । आज पनि स्थानीय र प्रहरी उद्धारको लागि तयारी अवस्थामा रहे पनि  खोला तरेर जान समस्या भएको अध्यक्ष तामाङले बताए । 

उद्धारका लागि आइतबारे नेपाली सेनाको हेलिकप्टर ताप्लेजुङ आए पनि मौसम प्रतिकूलताका कारण उद्धार हुन सकेन । आज बिहान नेपाली सेनाको हेलिकप्टर काठमाडौँदेखि ताप्लेजुङ प्रस्थान गर्ने तयारी भइरहेको ताप्लेजुङबाट निर्वाचित सांसद योगेशकुमार भट्टराईले जनाकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ