arrow

मेहेलेका पहिरो अपडेट : बेपत्ता केशरको शव भेटियो, घाइते सुरेशको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
taplejung-maiwakhola-flood-8rai-2080-03-03.jpg

ताप्लेजुङ ।  ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा आज बिहान गएको पहिरोमा परी बेपत्ता भएका केशरबहादुर राईको शव फेला परेको छ । 

साथै सोही पहिरोमा परी घाइते भएका सुरेश राईको निधन भएको छ ।
 
स्थानीय कला कडरियाका अनुसार घाइते हुनुभएका राजकुमार राईको अवस्था गम्भीर छ । उहाँलाई हेलिकोप्टरमार्फत उपचारका लागि अन्यत्रै लैजाने तयारी भइरहेको छ । 

पहिरोका कारण आफू बस्ने घर जोखिममा भएपछि गाडी अन्यत्रै सार्ने तयारीका क्रममा अचानक खसेको पहिरोले तीन जना पुरिएका थिए । 

जसमध्ये सुरेश र राजकुमारको तत्काल उद्धार गरिएको थियो भने केशरबहादुर बेपत्ता भएका थिए ।

मेहेलेकाको अधिकांश क्षेत्र पहिरोको उच्च जोखिममा छन् । मेहेलेमा शनिबार गएको पहिरोमा परी तीन जना अझै बेपत्ता छन् भने एक जनाको शव भेटिएको छ । मेहेलेमा पहिरोले छ घरलाई बगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ