अदालतभित्र नाराजुलुस गरेर पक्राउ परेका प्रेम चलाउनेसहित छ जना रिहा
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
1.2k
Shares
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतभित्र नाराजुलुस गरेको भन्दै पक्राउ परेका उपप्रध्यापक प्रेम चलाउनेसहित ६ जना रिहा भएका छन् ।
आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध सोमबार दिउँसो अदालतभित्र नाराजुलुस गरेका चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरी परिसर टेकुका अनुसार नियन्त्रणमा लिइएका चलाउनेसहित ६ जनालाई रिहा गरिएको छ ।