arrow

समाजवादी मोर्चा घोषणा, के छ सहमतिमा ? [पूर्णपाठसँगै फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
samajbadi-morcha-2080-03-04-b.jpg

काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चा घोषणा भएको छ । राष्ट्रिय सभागृहमा आयोजित एक समारोहबीच मोर्चा घोषणा गरिएको हो । मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र नेकपा छन् ।

कार्यक्रममा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्रीसमेत रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ ले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

मोर्चाले आफ्नो प्रमुख कार्यक्रम ‘नेपाली समाजवादको आधार तयार पार्ने’ जनाएको छ। 

सत्ताधारी गठबन्धनमा रहेका तीन दल र संसदीय प्रणाली नै नमान्ने भनेर बाहिर निस्किएको एक दल मिलेर समाजवादी मोर्चा घोषणा भएको छ । सत्ताधारी नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी नेकपा मिलेर समाजवादी मोर्चा घोषणा गरेका हुन् । 

प्रतिनिधि सभामा समाजवादी मोर्चाका ५४ सांसद हुनेछन् । जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन् । 

मोर्चामा समान विचार भएका अन्य दल थपिने बाटो खुला राखिएकाले संख्या बढ्न सक्ने नेताहरूले बताएका छन् । डा। बाबुराम भट्टराई यसअघि नै समेटिने बताइए पनि उपेन्द्र यादवका कारण तत्काललाई रोकिएको बताइएको छ । 

samajbadi-morcha-ghosana-2080-03-04 (16).jpg
samajbadi-morcha-ghosana-2080-03-04 (17).jpg
samajbadi-morcha-ghosana-2080-03-04 (18).jpg
samajbadi-morcha-ghosana-2080-03-04 (19).jpg
samajbadi-morcha-ghosana-2080-03-04 (20).jpg
samajbadi-morcha-ghosana-2080-03-04 (1).jpg
samajbadi-morcha-ghosana-2080-03-04 (2).jpg
samajbadi-morcha-ghosana-2080-03-04 (3).jpg
samajbadi-morcha-ghosana-2080-03-04 (4).jpg
samajbadi-morcha-ghosana-2080-03-04 (5).jpg
samajbadi-morcha-ghosana-2080-03-04 (6).jpg
samajbadi-morcha-ghosana-2080-03-04 (7).jpg
samajbadi-morcha-ghosana-2080-03-04 (8).jpg
samajbadi-morcha-ghosana-2080-03-04 (9).jpg
samajbadi-morcha-ghosana-2080-03-04 (10).jpg
samajbadi-morcha-ghosana-2080-03-04 (11).jpg
samajbadi-morcha-ghosana-2080-03-04 (12).jpg
samajbadi-morcha-ghosana-2080-03-04 (13).jpg
samajbadi-morcha-ghosana-2080-03-04 (14).jpg
samajbadi-morcha-ghosana-2080-03-04 (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ