arrow

धुर्मुस सुन्तली फाउण्डेशनलाई कर छुट

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ६ बुधबार
dhurmus-foundation-namuna-basti.jpg

काठमाडौं । सरकारले धुर्मुस सुन्तली फाउण्डेशन तिर्नुपर्ने गिरानचौर एकीकृत नमुनावस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । 

 सरकारकी प्रवक्ता रेखा शर्माले भनिन्, ‘ धुर्मुस सुन्तली फाउण्डेशनले गिरानचौर एकीकृत नमूना बस्ती पुनः निर्माण तथा पर्यटन प्रवर्द्धनको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरण गर्दा जुन कर थियो, त्यसको चुक्ता, असुल उपर गर्नुपर्ने अग्रिम कर छुट दिने भन्ने निर्णय भएको छ ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ