arrow

पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण, तिम्सिनासहित १३० जना आउँदै  

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ६ बुधबार
sichuan-airlines-2023.jpg

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनियाँ जहाज ‘सिचुवान एयरलाइन्स’ को जहाज पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न लागेको हो । 

चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आउन लागेको सो जहाज बुधबार बिहान ९ः३० बजे पोखरा विमानस्थल अवतरण गर्नेछ । जहाँ १ सय ३० जना यात्रु रहने छन् । 

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समेतलाई लिएर आउने सो विमानमा चिनियाँ खेलाडीहरु साथमा नै आउने छन् । 

दक्षिण एसिया मा नै पहिलोपटक पोखरामा आयोजना गरिन लागिएको ड्रागन बोट रेस फेस्टिबलमा सहभागी हुनका लागि ती खेलाडीहरु नेपाल आउन लागेका हुन् । सो फेस्टिबल यही असार ८ र ९ गते पोखरामा हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ