arrow

नबिल बैङ्कका ग्राहकलाई र्‍याडिसन होटेलमा १० प्रतिशत छुट

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ६ बुधबार
nabil-bank-radisson-mou.jpg

काठमाडौँ। नबिल बैङ्कका ग्राहकलाई र्‍याडिसन होटेलमा १० प्रतिशत छुट हुने भएको छ। बैङ्क र होटेलबीच भएको सम्झौता पछि ग्राहकले डिस्काउन्ट पाउने भएको हो।

उक्त सम्झौता अन्तर्गत नबिल बैङ्कका ग्राहकहरूले र्‍याडिसन होटेल काठमाडौँमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको र्‍याडिसन एयरपोर्ट लाउन्जको कूल बिल (कर बाहेक) मा पनि १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। नबिलका ग्राहकले बैङ्कको प्रिभिलेज कार्डमा उक्त सुविधा प्राप्त गरी यो सुविधा लिन सक्ने जनाइएको छ।

नबिल बैङ्कले हाल देशका सात वटै प्रदेशमा रहेका २५५ शाखा कार्यालयहरू र १८ विस्तारित शाखा कार्यालयहरू मार्फत सेवा उपलब्ध गराउँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ