arrow

नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ६ बुधबार
narayanghad-mugling-pahiro.jpg
तस्बिर – फाइल ।

भरतपुर । सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज दिउँसो १ः५० बजे सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सी पुलमा सुख्खा पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । 

पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् । अहिले पहिरो पन्छ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ