arrow

बिहेको टीकाटालो गरेर फर्केको जीप दुर्घटनामा, पाँचको मृत्यु, १२ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ८ शुक्रबार
accident-final-1618290232.jpg

गोरखा । गोरखामा एउटा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गोरखाको शहीद लखन गाउँपालिका ३ स्थित चिलिङकोटमा  प्रदेश नंं ३, ०१–०२३ च २४२७ नम्बरको टाटा जिप जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।

 राति १ बजेको आसपासमा दुर्घटनामा परेको सो जीपमा १९–२० जना सवार भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

 जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक डीएसपी लिलाराज लामिछानेका अनुसार सो जीपमा सवार घाइते १२ जनालाई भने आबुखैरेनी अस्पतालमा लगिएको छ ।

बिहेको लागि टिकोटालो गरेर फर्किने बितिक्कै केटा पक्षको जिप दुर्घटनामा परेको जनाइएको छ । बेहुलीको घरदेखि करिब तीन–चार सय मिटर मात्रै अगाडि पुगे पछि सो जीप दुर्घटनामा परेको थियो ।

 मृतकको पहिचान खुल्न बाँकी छ । विस्तृत  विवरण आउन बाँकी रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ