arrow

विवाहको गाडी मध्यरातमा पर्‍यो दुर्घटनामा, पाँच जनाको घटनास्थलमै मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ८ शुक्रबार
accident-final.jpeg

काठमाडौं । जन्ती बोकेर फर्किएको  गाडी दुर्घटनामा परेको छ । 

गोरखाको सहिद लखन गाउँपालिका ३ स्थित चिलिङकोटमा भएको गाडी दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । 

सहिद लखन–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङबाट फर्किँदै गरेको ०१–०२३च ४४ २७ नम्बरको जिप गए राति दुर्घटनामा परेको हो ।

घाइतेको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

अहिले प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् ।

जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको बताइएको छ 

मृतकको पहिचान खुल्न नसकेको डिएसपी  लिलाराज लामिछानेले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ