arrow

सशस्त्र प्रहरी र आश्रित परिवारलाई चन्द्रागिरी, मौलाकाली र लुम्बिनी केबलकारको टिकटमा विशेष छुट

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ८ शुक्रबार
apf-cablecar-chandragiri-maulakali-lumbini.jpg

काठमाडौँ । आईएमई ग्रुपद्वारा सञ्चालित केबलकार कम्पनीहरु चन्द्रागिरी हिल्स, मौलाकाली केबलकार र लुम्बिनी केबलकारले सशस्त्र प्रहरी बल तथा आश्रित परिवारहरुलाई केबलकारको टिकट मूल्यमा २० प्रतिशत छुट दिने भएका छन् ।
 
सशस्त्र प्रहरी बलको प्रधान कार्यालय र तीनवटै केबलकार कम्पनीहरुले छुट प्रदान सम्बन्धी सम्झौता गरेका हुन् ।  बिहीबार भएको सम्झौता अनुसार, बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु, आश्रित परिवारहरु साथै नेपाल एपी एफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले केबलकार टिकट मूल्यमा २० प्रतिशत छुट प्राप्त गर्ने छन् । 

सशस्त्र प्रहरी बलको कल्याणकारी योजना अन्तर्गत भएको यो सम्झौता बमोजिम यो छुट प्राप्त गर्न बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरुले सम्बन्धित कार्यालयले प्रदान गरेको परिचय पत्र, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुले पेन्सन पट्टा तथा आश्रित परिवारहरुले नाता प्रमाणित कागजात देखाउनु पर्नेछ ।

सम्झौता पत्रमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रविण कँडेल र मौलाकाली तथा लुम्बिनी केबलकारका तर्फबाट कम्पनीका प्रतिनिधि रुद्र पौडेल, चन्द्रागिरी हिल्सका तर्फबाट महाप्रबन्धक संजिव थापाले हस्ताक्षर गरेका छन् । 

हस्ताक्षर समारोहमा आईएमई अन्तर्गतको बेष्ट रिसोर्टका निर्देशक अभिषेकविक्रम शाहलगायत आईएमई ग्रुप तथा सशस्त्र बलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ