arrow

जसपा केन्द्रीय समितिको बैठक शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ९ शनिबार
JasAPA.png

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) नेपालको केन्द्रीय समितिको बैठक शुरु भएको छ ।

आइतबारदेखि सुरु हुने विधान अधिवेशनको अन्तिम तयारीका लागि आज दिउँसोबाट केन्द्रीय समिति बैठक सुरु भएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

उनका अनुसार आजको बैठकमा विधान अधिवेशन, समाजवादी मोर्चा, कार्यकारिणी समितिले गरेका निर्णय अनुमोदन लगायतका विविध विषयमा छलफल हुने भएको छ ।

यसैगरी आइतबारको विधान अधिवेशनमा केन्द्रीय समितिका चार सय २३ सदस्य साथै प्रदेश समिति, राष्ट्रिय समिति, विशेष प्रदेश समिति, जिल्ला समिति, महानगर, भ्रातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनीत हुने १० जनासहित सात सय ७८ प्रतिनिधि सहभागी हुने सो पार्टीले जनाएको छ । यसरी सहभागी भएका प्रतिनिधिलाई ११ समूहमा विभाजन गरेर विधानमाथि छलफल हुने जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ