arrow

बालेनविरुद्धको निवेदनमाथिको सुनुवाइ न्यायाधीश ढुंगानाको इजलासमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ११ सोमबार
balen-walendra-sah-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र साह (बालेन) विरुद्धको अदालतको अवहेलनासम्बन्धी निवेदनको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा हुँदैछ ।

न्यायाधीश ढुंगानाको इजलासमा शाह विरुद्धको निवेदनको सुनुवाइको सूचीको सातौँ नम्बरमा राखिएको छ । यसअघि आइतबार न्यायाधीश ढुंगानाकै इजलासमा परेको सुनुवाइ समयाभावका कारण हेर्न नभ्याइनेमा परेको थियो । 

अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलना हुने गरी बालेनले अभिव्यक्ति दिएको दाबी गर्दै उनीविरुद्ध अवहेलनाको मुद्दा चलाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएकी हुन् । उक्त निवेदनमाथि सुनुवाइ हुन लागेको हो । 

हिन्दी फिल्मको विषयलाई लिएर पाटन उच्च अदालतके आदेशका सम्बन्धमा काठमाडौं महानगरका प्रमुख शाहले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको अधिवक्ता झाको दाबी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ