arrow

दिगो विकास र समन्वय समिति बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । आज दिगो विकास तथा सुशासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । 

दिगो विकास तथा सुशासन समितिको बैठक बस्दै मध्यान्ह सवा १२ बजे सिंहदरबारमा बस्नेछ भने  दिउँसो १ बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक सिंहदरबारमा नै बस्दैछ । 

दिगो विकास समितिमा आज समितिको निर्देशक कार्यान्वयनको अवस्थाको बारेमा नीति अनुसन्धान प्रतिष्ठानबाट गरिएको अध्ययन प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सार्वजनिक सेवामा समावेशी तथा समानुपातिक प्रतिनिधित्वको अवस्था, लोकसेवा आयोगबाट भएका काम कारबाही, कार्य सम्पादनको बारेमा देखिएका समस्या र चुनौतीको बारेमा छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ