arrow

निरन्तर उकालो लाग्दै सुनको भाउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार
gold-silver-final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य मंगलबार पनि प्रतितोला दुई सय रुपैयाँ नै बढेको हो।

आइतबार पनि बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी मंगलबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।  

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ बढेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ