arrow

जलहरीको सुन राज्य कोषमा दाखिला गर्न प्रतिमाको माग 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार
pratima.jpg

काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले पशुपतिनाथको जलहरीमा चढाएको सुन राज्य कोषमा दाखिला गर्न आग्रह गरेकी छन् । आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै गौतमले धर्मको नाममा नौटङ्की बन्द गराई चढाएको सबै सुन राज्य कोषमा दाखिला गर्न आग्रह गरेकी हुन् । 

उनले भनिन्,' भाङ्ग्रा ओढी बाधको छालामा बस्ने भोले बाबाले मलाई सुनको जलहरी चढाउ भनेका थिए की ! नत भोले बाबालाई सुनको जलहरी चढाउँदा शिव बाबाको मौलिक स्वरूप नै दर्शन गर्न पाइने हुन्छ की ! आरध्यदेव पशुपति नाथलाई नै जथाभाबी विवादमा ल्याएर सारा हिन्दुहरूको भावनामा भोट पुग्ने काम भएको छ । गर्भ गृहमा रहेको शिवलिंगलाई छुन हुँदैन भन्ने हाम्रो परम्परा छ । धर्मको नाममा नौटङ्की बन्द गराई चढाएको सबै सुन राज्य कोषमा दाखिला हुने गरि पशुपति नाथको मौलिक स्वरूप देखिने गरि पुरानै अवस्थामा राखियो स भन्ने आग्रह गर्न चाहन्छु ।'

संसद गौतमले १३ जनाको नाम स्वर्ण पेटिकामा लेख्ने मोह अति निन्दनीय र भर्त्सना योग्य भएको बताएकी छन् । उनले पशुपतिको दान पेटिका र घ्याम्पो हराएको भन्दै छानबिनको माग गरिन् । उनले भनिन्,' ढिलै भए पनि अख्तियारले अनुसन्धान थाल्न राम्रो कुरा हो तर उक्त जलहरीको परीक्षण गर्दा १३ जनाको नाम स्वर्ण पेटिकामा लेख्ने मोह अति निन्दनीय मात्र होइन भर्त्सना योग्य पनि छ । गर्भ गृहमा आफ्नो नाम लेखाउने मोह जाग्नु लेखाउने कदापि मात्र होइन यस्तो बुद्धि कहाँबाट प्रकट हुन्छ ? पशुपतिको दान पेटिका घ्याम्पो को छानबिन गर्नुपर्‍यो ।'  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ