arrow

पूर्वमा  खाद्यान्नको तत्काल व्यवस्था गर्न योगेश भट्टराईको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १३ बुधबार
yogesh-bhattarai-taplejung-uml-mp-2079-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भएको ताप्लेजुङलगायतका पूर्वी पहाडी जिल्लामा खाद्यान्न, औषधिलगायतका अति आवश्यकीय बस्तुहरुको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । 

बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले ती जिल्लाहरुमा मानवीय संकट उत्पन्न हुँदा पनि सरकारले पीडितहरुका लागि अति आवश्यकीय बस्तुहरुको व्यवस्थापन गर्न नसकेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे । 

उनले ताप्लेजुङ जिल्ला राजमार्गहरुबाट सम्पूर्ण रुपमा सम्पर्क विच्छेदको अवस्थामा रहेको उल्लेख गर्दै पहिरोले बगाएका पुलहरुको तत्काल निर्माण हुने गरी आवश्यक प्राविधिक जनशक्तिको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानकर्षण गराए ।

उनले पुनर्निर्माण र पुनर्वासका लागि पनि सरकारले खासै काम गर्न नसकेको भन्दै आक्रोशसमेत व्यक्त गरे । सचिव भट्टराईले भने, ‘गएको जेष्ठ ३२ गतेदेखि भईरहेको अविरल वर्षाले पूर्वी पहाडमा भएको क्षतिबारे यो संसदलाई जानकारी नै छ । ताप्लेजुङ जिल्लामा ६ जना, पाँचथरमा ६ जना, संखुवासभामा २४ जना गरी जम्मा ३४ जनाको अहिलेसम्म मृत्यु भएको खवर छ । र, त्यसको तत्कालै रेष्पोन्स गर्नका लागि सम्माननीय प्रधानमन्त्रीज्यूसँग हामीले भेट्यौं । र, उहाँको नेतृत्वमा स्थलगत अवलोकन गर्ने प्रयत्नभयो । तर मौसमको खरावीले त्यो सम्भव भएन । त्यसपछि पनि सम्बन्धित मन्त्रीहरुसँग हामीले पटकपटक छलफल गर्यौं । स्वयम् प्रधानमन्त्रीजीले यसमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भयो । निर्देशन दिनु भयो । हामीलाई अव छिट्टै काम होला भन्ने लागेको थियो । तर अहिले पनि विशेषगरी ताप्लेजुङ जिल्लालाई जोडने ३ वटा राजमार्गहरु सबै अहिले अवरुद्ध छन । मेची राजमार्ग चलेको छैन । ताप्लजुङको सम्पर्क सम्पूर्ण रुपले विच्छेद भएको छ । त्यसकारण ताप्लेजुङमा एक प्रकारले भन्ने हो भने मानविय संकट उत्पन्न भएको छ सभामुख महोदय । खाद्य संकट, मानवीय संकट उत्पन्न भएर ठूलो मानवीय संकट त्यहाँ उत्पन्न भईरहेको छ । पुलहरु बगाएको छ । सडकहरु बगाएको छ । तर जति तदारुकताका साथ त्यसको मर्मत, सम्हार हुनुपर्ने थियो । त्यो हुन सकिरहेको छैन । त्यसकारण फेरीपनि मैले आज सभामुखमार्फत् नेपाल सरकारलाई ध्यानाकर्षण गर्नका निम्ति विशेष गरी जहाँ खाद्यन्न संकट छ । ती ठाउँहरुमा हवाई यातायातबाट भएपनि खाद्य, औषधिलगायतका अति आवश्यकीय बस्तुहरुको आपूर्ति व्यवस्था गर्न म सरकारसँग माग गर्न चाहन्छु । र, जहाँ काम भइरहेको छ । त्यहाँ पर्याप्त जनशक्ति नै छैन । पुलहरुको मर्मत गर्ने ठाउँमा पर्याप्त जनशक्ति छैन । प्राविधिक इन्जिनियरहरु पुगेका छैनन् । सडक मर्मत गर्ने ठाउँमा प्राविधिकहरु पुगेका छैनन् । अनि, अन्य जनशक्तिको पनि अभाव छ । एक दर्जन जति पुलहरु भत्केका छन । दर्जनौ झोलुंगे पुलहरु भत्केका छन । त्यसको तत्काल काम अघि बढाउन पनि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । र, जोखिममा परेकाहरुको पुनस्र्थापनाका लागि दिर्घकालीन योजना तत्काल बनाउन पनि सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहन्छु ।’

सचिव भट्टराईले पहिरोले भत्काएका पुलहरुको निर्माणका लागि आवश्यक जनशक्तिको पनि तत्काल व्यवस्था गर्न सरकारलाईसचेत गराउनु भयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ