arrow

खोज सत्यको [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १३ बुधबार
khoj-satyako-natak (18).jpg

काठमाडौँ । सत्य के हो ? सबै कुरा सत्य हुन सक्छ त ? सत्य नै पछ्याउनु पर्ने ? सत्य अन्धो पनि हुन सक्छ ? सत्य भ्रम पनि हुन सक्छ ? हो यस्तै सत्यको खोज हेर्न मन्डला थिएटरमा अहिले हिउँभन्दा चिसो नाटक लागिरहेको छ । 

सोमनाथ खनालको निर्देशनमा बनेको यो नाटकमा सत्यकै खोजको विषय देखाइएको छ । ३ पात्रमा खेलिएको यो नाटक सुदूरपश्चिमेली भाषा र शैलीमा खेलिएको देखिन्छ । 

बजारदेखि दुर्गम गाउँ हुन्छ । त्यहाँ एक दम्पतीमात्र बसेको हुन्छ । त्यो गाउँबाट सबै सरेर खाली भैसकेको थियो । गोपी (गोविन्द सुनार), गोपीकी श्रीमती नौरती (रेणुनाथ योगी) र डा. सिद्वान्त (भोलाराज सापकोटा) यी तीन पात्रलाई आफ्नै भूमिकामा एकदम शक्तिशाली देखाइएको छ । 

सुदूरपश्चिम र खस भाषाको प्रयोगले यसलाई अझ सुनमा सुगन्ध दिएको देखिन्छ । रित्तो गाउँ, सत्यको खोज र आत्माहरुसँग कुदिएको यो नाटक हेर्न चाहिँ पुग्नै पर्ने देखियो । 

अस्पतालको सहायक कर्मचामा गोपीले आफ्नो अस्पतालका डा.सिद्वान्तलाई आफ्नो गाउँ गोपी र नौरतीको छोराको उपचार गर्न लगेका हुन्छन् । नौरतीको इच्छाले गोपीले डाक्टरलाई आफ्नो घर लगेको हुन्छ । 

यसैगरी यो नाटकमा गोपीले आफ्नो श्रीमानको, डाक्टरले आफ्नो धर्मको र नौरतीले आफ्नो बच्चाप्रतिको भूमिका सबै सम्मान योग्य नै छ । 

मन्च शृंगारसँगै संगीत र प्रकाशको पनि महत्त्वपूर्ण भूमिका रहेको छ । नाटकमा धेरै हाँस्ने देखाइए पनि यसको भित्री साँचो र सत्य एकदमै तितो छ । 

यो कथा भारतीय लेखक सौरभ शुक्लाको ‘बर्फ’ भन्ने नाट बाट प्रभावित भएको भनिएको छ । मन्डला थिएटरका संस्थापक तथा यो नाटकका निर्देशक सोमनाथ खनालको कलाकार छनोटको खुबी यहाँ देख्न सकिन्छ । (नेपाल फोटो लाइब्रेरीबाट)

khoj-satyako-natak (14).jpg
khoj-satyako-natak (15).jpg
khoj-satyako-natak (16).jpg
khoj-satyako-natak (17).jpg
khoj-satyako-natak (1).jpg
khoj-satyako-natak (2).jpg
khoj-satyako-natak (3).jpg
khoj-satyako-natak (4).jpg
khoj-satyako-natak (5).jpg
khoj-satyako-natak (6).jpg
khoj-satyako-natak (7).jpg
khoj-satyako-natak (8).jpg
khoj-satyako-natak (9).jpg
khoj-satyako-natak (10).jpg
khoj-satyako-natak (11).jpg
khoj-satyako-natak (12).jpg
khoj-satyako-natak (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ