arrow

कोशीको कहर

मुख्यमन्त्री कार्की संसद् छाडेर हिँडेपछि बैठक अनिश्चित 

logo
विवेक मिश्र, 
प्रकाशित २०८० असार १४ बिहिबार
hikmatkumar-karki-koshi.jpg

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की संसद् छाडेर हिँडेका छन् । मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलका क्रममा संसद्मा उठेका प्रश्नको जवाफ तयार पार्न भन्दै उनी हिँडेका हुन् ।

आधा घण्टाका लागि स्थगित गरिएको बैठक मुख्यमन्त्री नआएपछि शुरू हुन सकेको छैन । मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरू प्रदेश सभाबाट बाहिरिएका छन् ।

मुख्यमन्त्रीले आधा घण्टाको समय मागेका कारण आफूले समय दिएको सभामुख बाबुराम गौतमले बताए ।

उनी गैरजिम्मेवार बन्दै बाहिरिएपछि बैठक अनिश्चित बनेको छ । त्यसपछिको प्रक्रियाबारे पनि अलमल भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ